रबाडाले एकै म्याचमा बनाए ३ कीर्तिमान!


काठमाडौं, १ कात्तिक : दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका तीव्र गतिका बलर कागिसो रबाडाले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले विदेशी खेलाडीको रूपमा दिल्लीका लागि ५० विकेट लिने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।

रबाडा अब विदेशी खेलाडीको रूपमा दिल्लीका लागि सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले हालसम्म दिल्लीका लागि ५० विकेट लिएका छन् । आज सीएसकेविरुद्ध एक विकेट लिएसँगै रबाडाले यो उपलब्धि हासिल गरे ।

रबाडा र कप्तान अय्यर

साथै, उनले आईपीएलमा सर्वाधिक कम बल र कम म्याचमा ५० विकेट लिने खेलाडीकाे पनि कीर्तिमान बनाएका छन् ।

रबाडाले आईपीएलमा सर्वाधिक कम म्याचमा ५० विकेट लिने केकेआरका सुनील नारायणको कीर्तिमान भंग गरेका छन् । नारायणले ३२ म्याचमा ५० विकेट लिएका थिए । अब रबाडाले उनलाई पछि पारेका छन् ।

रबाडाले २७ म्याचमै आईपीएलमा ५० विकेट लिन सफल भएका छन् । यो सूचीमा लसिथ मलिंगा तेस्रो स्थानमा छन् । उनले आईपीएलमा ३३ म्याचमा ५० विकेट लिएका थिए ।

त्यस्तै, रबाडाले सर्वाधिक कम बलमा ५० विकेट लिने मामलामा मलिंगाको कीर्तिमान तोडेका छन् ।

मलिंगाले ७ सय ४९ बलमा ५० विकेट लिएका थिए । रबाडाले भने ६ सय १६ बलमै ५० विकेट लिन सफल भए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close