लगातार दोस्रो खेलमा पृथ्वी शून्यमै आउट!


काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध पनि दिल्ली क्यापिटल्सका ओपनिङ ब्याट्सम्यान पृथ्वी शा शून्यमै आउट भएका छन् ।

उनी अघिल्लो खेलमा राजस्थानविरुद्ध पनि शून्यमै आउट भएका थिए ।

आज उनलाई दीपक चाहरले दोस्रो बलमै आउट गरे । राजस्थानविरुद्ध पृथ्वीलाई जोफ्रा आर्चरले क्लिन बोल्ड गरेका थिए ।

यसअङि टस जितेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ५८, अम्बाती रायडूले २५ बलमा अविजित ४५, शेन वाट्सनले ३६, रवीद्र जडेजाले १३ बलमा नटआउट ३३ र महेन्द्रसिंह धोनीले ३ रन बनाए ।

बलिङमा एनरिक नोर्टजेले २, तुषार देशपाण्डे र कागिसो रबाडाले एक/एक विकेट लिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close