सीएसकेले दियो दिल्लीलाई बलियो लक्ष्य, जडेजाको शानदार ब्याटिङ


काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा चेन्नई सुपर किंग्स (सीएसके)ले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ५८, अम्बाती रायडूले २५ बलमा अविजित ४५, शेन वाट्सनले ३६, रवीद्र जडेजाले १३ बलमा नटआउट ३३ र महेन्द्रसिंह धोनीले ३ रन बनाए ।

बलिङमा एनरिक नोर्टजेले २, तुषार देशपाण्डे र कागिसो रबाडाले एक/एक विकेट लिए ।

चेन्नईविरुद्ध पनि सन्दीपले पाएनन् मौका

सीएसकेविरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित सन्दीपले मौका नपाएको यो नवौँ खेल हो ।

सीएसकेविरुद्ध पनि दिल्लीले अघिल्लो खेलकै प्लेइङ सेटलाई मौका दिएको छ । उसले विदेशी कोटाबाट मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई मौका दिएको छ ।

चेन्नईले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले पियूष चावलालाई विश्राम दिँदै केदार जाधवलाई मौका दिएको छ । सीएसकेले आज टस जितेर ब्याटिङ गरिरहेको छ ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), मार्कस स्टोइनिस, एलेक्स क्यारी, अक्क्षर पटेल, आर अश्विन, कागिसो रबाडा, तुषार देशपाण्डे र एनरिक नोर्टजे ।

सीएसकेको प्लेइङ-११ : फाफ डु प्लेसिस, साम कुरान, शेन वाटसन, अम्बाती रायडू, एमएस धोनी (कप्तान), रवीन्द्र जडेजा, ड्वेन ब्रावो, दीपक चाहर, केदार जाधव, शार्दुल ठाकुर र कर्ण शर्मा ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close