डिभिलियर्स चम्किँदा आरसीबीको शानदार जित


काठमाडौं, १ कात्तिक : यूएईमा जारी आईपीएल अन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स (आरसीबी) ७ विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको आरसीबीले १९.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि एबी डिभिलियर्सले २२ बलमा अविजित ५५, विराट कोहलीले ४३, देवदत्त पाडिक्कलले ३५ र गुरकित सिंहले नटआउट १९ रन बनाए ।

बलिङमा राजस्थानका लागि राहुल तेवटिया, श्रेयस गोपाल र कार्तिक त्यागीले एक/एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौकासहित ५७ रनको योगदान दिए ।

त्यस्तै, रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १८, सञ्जु सामसनले ९, राहुल तेवटियाले नटआउट १९ रन बनाए ।

बलिङमा क्रिस मोरिसले ४ र युजवेन्द्र चहलले २ विकेट लिए ।

यो जितसँगै आरसीबी १२ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । उसले ९ म्याच खेल्दा ६ मा जित र तीन खेलमा हारको सामना गरेको छ ।

यता राजस्थानको भने यो छैठौँ हार हो । उसले नौ म्याचमा तीन खेलमा मात्र जित हासिल गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close