आईपीएल : दिल्लीविरुद्ध सीएसकेले टस जित्यो


काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके)ले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि शारजाहमा सुरु हुँदैछ ।

जारी सिजनमा दिल्लीले ८ म्याच खेल्दा ६ म्याचमा जित हासिल गर्दै १२ अंक जोडिसकेको छ । र, दिल्ली आज विजयी भएमा फेरि दोस्रोबाट शीर्ष स्थानमा उक्लिने छ ।

सीएसकेले भने ८ म्याचमा तीन खेमला जित हासिल गरेको छ । गत सिजन उपविजेता सीएसकेले तालिकामा ६ अंक जोडेको छ ।

सीएसके र दिल्लीबीच भएका पछिल्ला पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ । जारी सिजनमा पनि दुबै टिममा गत सिजनकै कप्तान छन् । दिल्लीमा श्रेयस अय्यर र सीएसकेमा महेन्द्रसिंह धोनी कप्तान रहेको छन् ।

सन्दीप आज पनि बेन्चमै

आज पनि दिल्लीमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित सन्दीपले मौका नपाएको यो नवौँ खेल हो ।

सीएसकेविरुद्ध पनि दिल्लीले अघिल्लो खेलकै प्लेइङ सेटलाई मौका दिएको छ । उसले विदेशी कोटाबाट मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई मौका दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close