कार्तिकलाई हटाएर मोर्गनलाई कप्तान बनाउँदा गौतम गम्भीर आक्रोशित


काठमाडौं, १ कार्तिक : कोलकाता नाइट राइडर्सका पूर्व कप्तान गौतम गम्भीरले टोलीमा कप्तानको रूपमा आएको परिवर्तनप्रति आश्चर्य व्यक्त गरेका छन्।

दिनेश कार्तिकको कप्तान इयोन मोर्गनलाई दिने निर्णयले गम्भीर छक्क परेका छन्। गम्भीरका अनुसार मध्य सिजनमा कप्तान परिवर्तन गरेर कुनै फाइदा हुँदैन। किनकि टोलीले आधा खेल खेलिसकेको हुन्छ। कोलकातालाई डिफेन्डिङ मुम्बईले शुक्रबार ८ विकेटले पराजित गर्नुअघि गम्भीरले उक्त प्रतिक्रिया दिएका हुन्।

गम्भीरले स्टार स्पोर्ट्ससंग कुराकानीमा भने, ‘क्रिकेटमा सम्बन्धको कुनै महत्त्व हुँदैन, यहाँ मात्र प्रदर्शन र ईमानदारीको कुरा छ। मलाई लाग्दैन कि इयोन मोर्गनले टोलीमा केही ठूलो परिवर्तन गर्न सक्दछ। यदि प्रतियोगिताको सुरुमा उनले कप्तानत्व पाएको भए उनले केही गर्न सक्ने थिए। कप्तानले टुर्नामेन्टको बीचमा गर्न सक्ने अरू केहि पनि छैन। कोच र कप्तानको बीचमा राम्रो सम्बन्ध हुनु महत्वपूर्ण छ।’

कार्तिकको कप्तानी छोड्ने निर्णयमा गम्भीरले आश्चर्य व्यक्त गरे।

‘म यस निर्णय बाट आश्चर्यचकित छु। कार्तिकले अढाई वर्ष केकेआरको कप्तानको रूपमा काम गरिरहेकाका थिए। सिजनको बीचमा यस्तो काम गर्नु हुँदैन। केकेआर पनि त्यस्तो खराब अवस्थामा छैन कि कप्तानी परिवर्तन गनुपर्ने। यसैले यस निर्णयबाट म त छक्क परें।’ गम्भीरले भनेका छन्।

गम्भीरका अनुसार मोर्गनलाई आइपीएलको शुरुआतमा कप्तान बनाउनुपर्ने थियो। ‘अब आधा आइपीएलको समयमा कप्तानको परिवर्तनले कार्तिकलाई धेरै दबाब दिएको छ। यदि केकेआरको टोली कप्तानको रूपमा बदल्न चाहन्छ भने, आईपीएल सुरु हुनुअघि यो काम गर्नुपर्दथ्यो।’ उनल भने,‘यदि विश्वकप विजेता कप्तान तपाईको टीममा छ भन्ने बारे यति धेरै चर्चा छ भने। यसले दिनेश कार्तिकलाई धेरै दबाब दियो। यस्तो अवस्थामा मोर्गनलाई सुरुमा कप्तानी किन दिइएन, किन कार्तिकलाई यति धेरै दबाब दिइयो। जब कसैले भन्छ कि मैले मेरो ब्याटिङमा ध्यान केन्द्रित गर्नुपर्दछ, यो सुन्न राम्रो लाग्दछ तर वास्तविकता केहि अर्को हो।’

गम्भीरले कोलकाताको ७ सिजन कप्तानी गरेका थिए। उनले २०१२ र २०१४ मा कोलकातालाई उपाधि जिताएका थिए।

कोलकाता आइपीएल अंक तालिकामा ४ जित र ४ हारपछि अझै चौथो स्थानमा यथावत् छ। लिगअन्तर्गत केकेआरले आगामी खेल आइतबार हैदरावादविरुद्ध खेल्दैछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close