राजस्थानले दियो आरसीबीलाई बलियो लक्ष्य, मोरिसको आज पनि घातक बलिङ


काठमाडौं, १ कात्तिक : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौकासहित ५७ रनको योगदान दिए ।

त्यस्तै, रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १८, सञ्जु सामसनले ९, राहुल तेवटियाले नटआउट १९ रन बनाए ।

बलिङमा क्रिस मोरिसले ४ र युजवेन्द्र चहलले २ विकेट लिए । आरसीबीले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले मोहम्मद सिराज र शिवम दुबेलाई विश्राम दिँदै गुरकित सिंह र शाहबाज अहमदलाई मौका दिएको छ । राजस्थानले भने अघिल्लो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

आरसीबीको प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, गुरकित सिंह, शाहबाज अहमद, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, नवदीप सैनी र युजवेन्द्र चहल।

राजस्थानको प्लेइङ-११ : जोस बटलर, बेन स्टोक्स, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, कार्तिक त्यागी र जयदेव उदानकट।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close