आईपीएल २०२० : सन्दीपले मात्र होइन यी १७ स्टारले पनि पाएका छैनन् मौका


काठमाडौं, १९ असाेज : १३औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० यूएईमा जारी छ। हालसम्म १८ वटा खेल सम्पन्न भएका छन्।

१८ म्याच सकिँदा तालिकाको शीर्ष स्थानमा मुम्बई इण्डियन्स (६ अंक), दोस्रोमा दिल्ली क्यापिटल्स (६ अंक), तेस्रोमा आरसीबी (६ अंक), चौथोमा कोलकाता नाइट राइडर्स (४ अंक), पाँचौमा राजस्थान रोयल्स (४ अंक) रहेको छ।

यस्तै चार अंकसहित चेन्नई तालिकाको छैठौँ, सनराइजर्स हैदराबाद सातौँ तथा दुई अंकसहित किंग्स इलावेन पञ्जाब आठौं स्थानमा रहेका छन्।

जारी लिगमा टिमहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ। साथै प्लेइङ-११ मा पर्न पनि क्रिकेटरहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको पाइन्छ।

आइपीएल एक महिनाभन्दा लामो अवधिसम्म हुने टी-२० क्रिकेटको यो संरचनामा विश्वका चर्चित क्रिकेट खेल प्रतियोगितामा गनिन्छ।

यहाँ विश्वका उकृष्ट क्रिकेटरहरु मात्रै सहभागी हुन्छन्। हरेक टिमले चर्चित खेलाडीलाई टिममा भित्र्याएको हुन्छ। त्यसैले स्टार क्रिकेटरलाई समेत प्लेइङ-११ मा मौका पाउन मुश्किल परिरहेको छ ।

आज हामी आईपीएल २०२० को १८ म्याच सकिँदा प्लेइङ-११ मा मौका नपाएका स्टार क्रिकेटरको बारेमा चर्चा गर्दैछौँ :

प्लेइङ ११ मा मौका नपाएका स्टार क्रिकेटरहरू :

१. क्रिस गेल
२. क्रिस लिन
३. टम ब्यान्टन

४. इमरान ताहिर
५. क्रिस मोरिस
६. मिशेल सन्तनर

७. सन्दीप लामिछाने
८. मुजिब उर रहमान
९. मोइन अली

१०. अजिक्य रहाणे
११. नाथन कल्टर नाइल
१२. पार्थिव पटेल

१३. एन्ड्रु टाय
१४. ओसेन थोमस

१५. लकी फर्गुसन
१६. क्रिस ग्रीन
१७. एलेक्स क्यारी

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close