अनिल बिकको ‘तिमीलाई वान पीस’पछि नयाँ कभर भिडियो सार्वजनिक


काठमाडौं, १२ असोज : अनिल बिकको ‘तिमीलाई वान पिस’पछि एउटा कभर भिडियो सार्वजनिक भएको छ । उनी अभिनित ‘तिमी मेरो पहिलो माया’बोलको गीतको कभर भिडियो सार्वजनिक भएको हो ।

कमल खत्रीको ओर्जिनल आवाज रहेको यो गीतमा अनिलसहित सुजु मगर र दीपक ओखेडाको पनि अभिनय देख्न सकिन्छ ।

पहिले दिल्लीमा बस्ने अनिल अहिले भने भारतको बैंग्लोरमा बसिरहेका छन् । म्युजिकमा करियर बनाउने उद्देश्य लिएका उनी यो क्षेत्रमा निकै मिहिनेतकासाथ लागिरहेका छन् ।

अनिललाई यो क्षेत्रमा अगाडि बढ्न पारिवारिक साथ पनि राम्रै मिलिरहेको छ । कञ्चनपुरको शिवनगरमा जन्मिएका उनी आगामी दिनमा पनि मोडलिङमा निरन्तरता दिने सोचमा छन् ।

आफ्नो अफिसियल गीतका लागि छिट्टै काठमाडौं आउने तयारी गरेका अनिललाई कभर भिडियोपछि राम्रो सुझावसल्लाह पनि आइरहेको छ ।

उनले अभिनय गरेको ‘तिमी मेरो पहिलो माया’को कभर भिडियोमा हिमालयन ओखेडाको निर्देशन, सन्तु बाबुको सम्पादन र भरत खर्गलको छायाँकन रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close