मध्यराति सन्दीपले किन लेखे यस्तो स्टाटस?


काठमाडौं, ११ असोज : नेपाली लेगस्पिनर सन्दीप लामिछाने अहिले इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्नका लागि यूएईमा छन् ।

उनी सीपीएल खेलेर वेष्ट इण्डिजबाटै आइपीएलका लागि यूएई पुगेका थिए ।

लगातार तेस्रो पटक दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले सुरुवातका दुबै म्याचमा प्लेइङ-११ मा मौका पाएनन् ।

लगातार दुई म्याच जितेको दिल्लीले तेस्रो खेलमा पनि उनलाई प्लेइङ-११ मा मौका दिने सम्भावना कम छ ।

जारी सिजनमा उत्कृष्ट लयमा देखिएको दिल्लीलाई यो पटक उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ ।

लगातार बेन्चमा बसेका नेपाली स्टार क्रिकेटर सन्दीप प्लेइङ-११ मा स्थान बनाउन नेट प्राक्टिसमा निकै व्यस्त छन् ।

उनलाई दिल्लीले प्लेइङ-११ मा मौका नदिएको भन्दै सन्दीपका समर्थकले टिमलाई चर्को दबाब दिइरहेका छन् ।

समर्थकको चर्को दबाबकाबीच शनिबार मध्यराति सन्दीपले सामाजिक सञ्जालमा दुई शब्दको स्टाटस पोस्ट गरेका छन् ।

स्टाटसमा उनले भनेका छन्, ‘फ्रेस जर्नी ।’

उनले कुन कोणबाट स्टाटस पोस्ट गरे होलान्? धेरैको अनुमान छ- सन्दीपले दिल्ली टिममा राम्रो वातावरण पाएका छन् ।

साथै, कतिपयले सन्दीपले अर्को खेलमा मौका पाउने आश्वासन पनि पाएका हुनसक्ने अनुमान गरेका छन् ।

दिल्लीले जारी सिजनमा तेस्रो म्याच बुधबार खेल्दैछ ।

दिल्लीले तेस्रो म्याचमा सनराइजर्स हैदराबादको सामना गर्न लागेको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close