शनिको पहिलो गीत आइतबार बजारमा, शुभेच्छुकलाई सम्झिँदै लेखे मीठो सन्देश


काठमाडौं, २ असाेज : नेपाल लोक स्टारका विजेता शनि विश्वकर्माको नयाँ गीत बजारमा आउने भएको छ ।

उनको पहिलो गीत ‘झुम्का भलक्क’बोलको गीत बजारमा आउने भएको हो । शनिको पहिलो गीत आइतबार युट्यबमार्फत सार्वजनिक गर्ने तयारी भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पहिलो गीत मन पराउनेमा आशा व्यक्त गरेका छन् ।

‘सबैको पर्खाई पछिको पहिलो प्रयास । अब आइतबारदेखि ‘झुम्का, झलक्क’ । यो हाम्रो पहिलो गीत हो । सबैले हेर्दिनु हुनेछ भन्ने आशा गरेको छु,’ उनले फेसबुमा लेखेका छन्, ‘अबका दिनमा संगीत क्षेत्रलाई यसरी निरन्तरता दिनेछु । सबैमा शुभेच्छुकहरूमा धेरै माया । पर्खाईका लागि हार्दिक आभार ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close