मन्त्रिपरिषद् बैठक सकियो, भयो महत्वपूर्ण निर्णय


काठमाडौं, १९ भदौ : मन्त्रिपरिषद्को बैठक बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको छ । एक मन्त्रीका अनुसार खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् ।

यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद दिएका छन् ।

नेकपाको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने जानकारी गराएका थिए । सोही अनुसार सरकारले गौतमको नाम सिफारिस गर्दैछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close