नेपाली कलेजो रोग विशेषज्ञ साहको निधन


काठमाडौं, १७ भदौ : भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आ’ त्मह ’त्या गरेका छन् ।

४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आ’त्म ह’ त्या गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहको निधन भएको हुनसक्ने बताएको छ ।

डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन् ।

उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए ।

उनले तीन वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए । देशसञ्चारबाट

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close