आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाण्डौ, ७ भदौः आज दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले काठमाण्डांसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका१/२ ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । साँझदेखि देशका धेरै ठाउँमा पानी पर्नेछ ।

प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ ।

न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागको भनाइ छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close